घाटाको सेयर कारोबारले लगानीकर्ताको सम्पत्ति रित्तिँदै, सरकारको राजस्व खुम्चिँदै
baahrakhari.com · Sun Aug 23 08:16:01 GMT 2026

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ३४–३५ दिनमा एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको दाबी गरे पनि सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकरमा संकुचन आएको छ । विशेष गरेर सेयर बजारमा आएको मन्दी र लगानीकर्ताको सम्पत्तिमा भएको ह्रासका कारण सरकारले धितोपत्र कारोबारबाट प्राप्त गर्ने पुँजीगत लाभकर (क्यापिटल गेइन ट्याक्स) ह्वात्तै घटेको हो ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा दुई अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा यो ७१.०४ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)