फोन सम्पर्क छैन् ? सित्तैमा रिचार्ज पाउनुहोस्
annapurnapost.com · Sun Apr 05 18:41:00 UTC 2020
कोरोना भाईरसका कारण देश लकडाउनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफ्ना कठिनाई प्रियजनहरूसँग साटासाट गर्ने माध्यमनै फोन कल हो भन्ने कुरालाई मध्यनजर गर्दै वि विल राईज फाउण्डेसनले सहयोग स्वरूप एकहजार जनालाई निःशुल्क रू. ५० रिचार्ज गरिदिने अभियान थालेको छ ।
यसअघि पनि लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था फाउण्डेसनले गरेको थियो । यससम्बन्धी सूचना सार्वजनिक हुने वित्तिकै देशैभरीका कुनाकाप्चाबाट आफू विभिन्न समस्यामा परेको, आफन्तसँग कुरा गर्न नपाएको, जिरो ब्यालेन्स भएको भन्दै सयौंले रिचार्जका लागि आग्रह गरेको संस्थापक तुलसी कुमार गुरुङले जानकारी दिए । पहिलोचरणमा फाउण्डेशनले संकटमा परेका र अति जरुरी भएका ५०० जनालाई रिचार्जको व्यवस्था गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)