प्रतिक्रियावादी सत्तामा जानेहरू एकजुट भए हुन्छ : रामबहादुर बुढा
ratopati.com · Sun Aug 23 08:39:06 GMT 2026

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य रामबहादुर बुढाले संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने मनसाय भए ती शक्तिहरूलाई एकजुट हुन सुझाव दिएका छन् । आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै बुढाले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हो भने विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबिच एकता र मोर्चा बन्दी हुनसक्ने स्पष्ट पारे ।
‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण कम्युनिस्ट पार्टीहरूबिच सहकार्य र एकताको आवश्यकता छ । मोर्चाबन्दी गर्न सक्ने भयो । तर एकता केका लागि ? प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता ल्याउन एकता गर्न सकिन्छ । संसदीय प्रणालीबाट प्रतिक्रियावादी सत्तामा जाने हो भने उहाँहरू छिट्टै एकजुट भए हुन्छ । दुई अलग–अलग चुल्हो बनाए हुन्छ । जनता वाक्क भइसेका छन् । नेता नेताको टाउको जोडेर एकता हुन सक्दैन । एकताका लागि विचार, सिद्धान्त मिल्नुपर्छ’, बुढाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)