दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा
khabarhub.com · Sun Aug 23 08:39:09 GMT 2026

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण सवार गाडीलाई लक्षित गरी इजरायलले गरेको ड्रोन आक्रमणको निन्दा गरेको छ। आक्रमणमा केही सर्वसाधारण घाइते भएको अलजजिराले जनाएको छ।
कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सिरियाली भूमिमा भइरहेका इजरायली आक्रमण रोक्न आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)