राजनीतिक ‘स्टन्ट’ कि वास्तविक सुधार? हेटौँडा कपडा उद्योग सञ्चालनका लागि प्रधानमन्त्रीको टोली आफैँ मैदानमा
barnanmedia.com · Sun Aug 23 08:45:15 GMT 2026

हेटौँडा, ७ भदौः — दशकौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा फेरि उत्पादनको सम्भावना देखिएसँगै यसको पुनःसञ्चालनको प्रक्रिया थप तीव्र बनेको छ। उद्योगमा पुराना मेसिन तथा लुम मर्मत गरी प्रारम्भिक परीक्षण उत्पादन सफल भइसकेको अवस्थामा उद्योगको वर्तमान अवस्था, परीक्षण उत्पादनबाट प्राप्त परिणाम, बाँकी चुनौती र पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक तयारीबारे स्थलगत अध्ययन अघि बढाइएको हो।
यसै क्रममा मकवानपुर क्षेत्र नं. १ का सांसद माननीय प्रकाश गौतमको सचिवालय टोली र प्रधानमन्त्री बालेन्द्र साहको सचिवालय टोलीको संयुक्त टोलीले हेटौँडा कपडा उद्योगको स्थलगत निरीक्षण गरेको छ। उद्योग पुनःसञ्चालनको तयारी कुन चरणमा पुगेको छ, परीक्षण उत्पादनपछि देखिएका प्राविधिक तथा व्यवस्थापकीय अवस्था के छन् र उद्योगलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन निरीक्षण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)