पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता
nagariknews.nagariknetwork.com · Wed Jul 01 12:39:31 GMT 2026

नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरिएको छ। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने र भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाउँदै बुधबार उजुरी दिएको हो।
काउन्सिलका अनुसार उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए। उक्त पोस्टमा काउन्सिलका पदाधिकारीहरूलाई लक्षित गर्दै गालीगलौज र भ्रामक आरोप लगाइएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)