किन बदर हुन्छन् मन्त्रिपरिषद्का निर्णय ?
baahrakhari.com · Sun Aug 23 09:26:46 GMT 2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारका पनि कतिपय महत्त्वपूर्ण निर्णयहरू अदालतबाट धमाधम खारेज भइरहेका छन् । मन्त्रिपरिषद्का सबै सदस्य कानुनका ज्ञाता हुँदैनन् तर कर्मचारीले पनि कानुनअनुसार गर्न नमिल्ने निर्णय गर्न सल्लाह नदिनुपर्ने हो । कर्मचारीको सल्लाह नलिइएको हो कि बेवास्ता गरिएको हो भन्ने प्रश्न फेरि खडा भएको छ ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई सरकारले नियुक्त गरेको थियो । कानुनी प्रावधान मिचेर नियुक्त गरिएको ठहर गरी सर्वोच्च अदालतले श्रेष्ठको नियुक्ति बदर गरिदिएको छ । मन्त्रिपरिषद्को गत असार ३० को निर्णयअनुसार श्रेष्ठ निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)