चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार
ratopati.com · Sun Aug 23 09:41:12 GMT 2026

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न आरोपीमा पीडित परिवारले भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भएका २८ वर्षीय सन्देश भट्ट विरुद्ध जाहेरी दिएका छन्।
भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ । साउन ३१ मा भएको सो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ। पीडितको तर्फबाट प्राप्त जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादले रातोपाटीलाई बताए। उनले भने, ‘जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दै छौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)