म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
gorkhapatraonline.com · Sun Aug 23 09:57:25 GMT 2026

एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजना अन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी २४ वटा योजनाका लागि एक करोड ४० लाख बजेट विनियोजन भएकामा एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन् ।
योजनामार्फत पर्यटकीय स्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो । “सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन, उहाँले भन्नुभयो, “प्रतिकूल भूगोल, मौसम र अन्य कारणले ३० लाख बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)