एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहकार्य निरन्तर
neplays.com · Sun Aug 23 10:04:00 GMT 2026
काठमाडाैं। नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटजको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ । यही भदौं १८ गते हुने अवार्डको २३औं संस्करणको लागि नेपाल खेलकुद पत्रकार मञ्च -NSJF_ र नासा सेक्युरिटीज कम्पनी लिमिटेड -NAASA_ बीचको सहकार्य सम्झौता नविकरण भएको छ । सम्झौतासँगै नासा सेक्युरिटीज अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ ।
सम्झौताअनुसार नासा सेक्युरिटीजले अवार्डमा सहप्रायोजन गर्नेछ । मञ्चले नासालाई अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ (Stock Brokerage Partner) का रूपमा प्रवर्धन गर्नेछ । सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)