१४ औं दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ सम्म पाकिस्तानमा हुने
annapurnapost.com · Sun Aug 23 10:04:17 GMT 2026
काठमाडौ : १४ औं दक्षिण एसियाली खेलकुद (साग) चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा आयोजना हुने भएको छ। पाकिस्तानमा तेस्रो पटक साग आयोजना हुन लागेको हो।
यसअघि सन् १९८९ र २००४ मा पाकिस्तानले साग आयोजना गरेको थियो। प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले सहभागिता जनाउने छन्। जसमा भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका रहेका छन्। सन् २०१९ मा नेपालमा सम्पन्न भएको १३ औं सागपछि यो प्रतियोगिता आयोजना हुन सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)