हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, कहाँको कति ?
baahrakhari.com · Wed Jul 01 12:56:49 GMT 2026

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले मंगलबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो ।
प्राधिकरणले हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ परिमार्जन गरी नयाँ मूल्य कायम गरेको जनाएको छ । प्राधिकरणका अनुसार नयाँ भाडादर आजदेखि नै लागु हुनेछ । हवाई इन्धनको पुरानो मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेकोमा १४.८७ प्रतिशतले घटेर नयाँ मूल्य २२९ रुपैयाँ कायम भएपछि सोही अनुपातमा फ्यूल सरचार्ज घटाइएको हो । प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई पत्र लेखी यसको जानकारी गराइसकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)