बने एक सय त्रिसट्ठी ऐन, कानुन
gorkhapatraonline.com · Wed Jun 10 03:13:42 GMT 2026

सुदूरपश्चिम प्रदेशले हालसम्म १६३ वटा ऐन, कानुन निर्माण गरेको छ । सङ्घीय व्यवस्था कार्यान्वयनको क्रममा प्रदेशले आवश्यक ऐन, कानुन निर्माण गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार प्रदेशले प्रदेश सभाबाट पारित गरेर हालसम्म ४५ वटा मूल ऐन निर्माण गरेको छ ।
यसै गरी मन्त्रीपरिषद्बाट ६२ वटा कार्यविधि बनेका छन् । मन्त्रीपरिषद्बाटै पारित भएका निर्देशिका सङ्ख्या १४ रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव विष्णुदत्त अवस्थीले जानकारी दिनुभयो । यस्तै नीति छ वटा, नियमावली १७ बनेका छन् । गठनादेश नौ, मापदण्ड छ, आचारसंहिता दुई, मार्गदर्शन र कार्ययोजना एक/एक वटा बनेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)