म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण
rajdhanidaily.com · Sun Aug 23 10:34:07 GMT 2026

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन् ।
योजनामार्फत पर्यटकीय स्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सम्झेर घर्ती क्षेत्रीले जानकारी दिए । “सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन्”, उनले भने “प्रतिकूल भूगोल, मौसम र अन्य कारणले रु ३० लाख बजेटका पाँच वटा योजना कार्यान्वयन भएनन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)