साउनमा दर्ता भएका ९ मध्ये ८ वटा ‘संशोधन’ विधेयक, विपक्षी भन्छन् : झारा टार्ने काम
ratopati.com · Sun Aug 23 10:31:28 GMT 2026

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा १६६ विधेयक संघीय संसद्मा पुर्याउने बताएको थियो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले गत असार ३१ गते राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई भेटेर र प्रतिनिधि सभामा सम्बोधन गरेर आर्थिक वर्ष २०८३/०८४ मा १६६ विधेयक ल्याउने र त्यसमा ९७ नयाँ विधेयक र ६९ पुरानै कानुनमा संशोधन गर्ने विधेयक रहेको बताएकी थिइन् ।
यो संख्यामा पुराना कानुन संशोधन गर्नेभन्दा नयाँ कानुन निर्माण गर्ने संख्या धेरै छ । तर, आर्थिक वर्षको पहिलो महिनामा संघीय संसद् सचिवालयमा दर्ता भएका विधेयक संख्या हेर्ने हो भने नयाँ कानुनभन्दा पुराना कानुन संशोधन गर्ने संख्या धेरै नै बढी छ । साउनमा संघीय संसद् सचिवालयमा दर्ता भएका ९ विधेयकमध्ये ७ वटा पुराना कानुनलाई परिमार्जन गर्न ल्याइएका ‘संशोधन विधेयक’ छन् भने एउटा मात्रै नयाँ कानुन दर्ता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)