खोलामा डुबेर बालकको मृत्यु
gorkhapatraonline.com · Sun Aug 23 10:48:01 GMT 2026

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ स्थित लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–३ हात्तीसुँडेका कृशल दाहाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो १२ बजेर ५० मिनेटमा कृशल दुई जना साथीसँग लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी नायब निरीक्षक कामबहादुर गुरुङको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)