नेकपामा बल्झियो पार्टी पुनर्गठनको मुद्दा, झलनाथपछि पम्फाले पनि पोखिन् असन्तुष्टि
ratopati.com · Sun Aug 23 10:56:02 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो समय पार्टी पुनर्गठनको मुद्दा निकै पेचिलो बन्दै गएको छ। गतवर्ष भदौमा भएको जेनजी आन्दोलनले पुरानो सत्ता र पार्टी संरचनालाई भत्काएपछि त्यसको असर नेकपामा पनि परेको थियो। परिवर्तित समयमा वर्तमान नेतृत्व र पार्टी संरचना असान्दर्भिक रहेकाले पार्टी पुनर्गठन, रूपान्तरण र नेतृत्व हस्तान्तरणको विषयमा युवादेखि पुराना नेताहरू सक्रिय भएका छन्।
तर, पार्टी पुनर्गठनको विषयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सकारात्मक देखिए पनि नेतृत्व हस्तान्तरणका सम्बन्धमा फरक मत राख्दै आएका छन्। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुराना नेताहरूलाई अपमानजनक रूपमा नेतृत्वबाट हटाएर पार्टी पुनर्गठन हुन नसक्ने तर्क उनीहरूको छ। यद्यपि पार्टी र राज्य सञ्चालनको क्रममा आफूहरूबाट विगतमा गल्ती–कमजोरी भएको उनीहरूले स्वीकारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)