सेयर बजारको समस्या समाधानका लागि कांग्रेस थाल्यो विज्ञहरूसँग परामर्श
ratopati.com · Sun Aug 23 11:26:08 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले सेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ । कांग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताएका हुन् ।
त्यसै अनुरूप कांग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो शृङ्खलामा सेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको छ । छलफलको सुरुवात गर्दै सभापति थापाले सेयर बजारको वर्तमान अवस्था र यसका चुनौतीहरूबारे पार्टीले गम्भीरतापूर्वक छलफल सुरु गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)