पहिला काम, त्यसपछि सम्मान!" — ५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा, नलाउने भइन् खादा र अबिर
barnanmedia.com · Sun Aug 23 11:22:13 GMT 2026

कञ्चनपुर — सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले देशभरका भूमिहीन तथा सुकुम्बासी समस्यालाई ५०० दिनभित्र स्थायी रूपमा समाधान गरी लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
कञ्चनपुरमा आयोजित एक कार्यक्रममा सुकुम्बासी बस्तीका बासिन्दालाई सम्बोधन गर्दै मन्त्री रावलले भूमिहीन, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा उपलब्ध गराइने स्पष्ट पारिन्। नागरिकलाई उठिबास लगाउने डर हटाउँदै उनले भनिन्, "विकल्प नदिई कसैलाई पनि हटाइने छैन, त्यसैले कसैले पनि डोजरको त्रास पाल्नु पर्दैन।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)