५३ लाख बराबरको भन्सार छलीको सामानसहित एक जना पक्राउ
annapurnapost.com · Sun Aug 23 11:31:35 GMT 2026

काठमाडौं : ५३ लाख बराबरको भन्सार छलीको सामानसहित एक जना पक्राउ परेका छन्। बिहीबार दिउँसो पौने ५ बजे नागढुङ्गास्थित चेक प्वाइन्टमा प्रहरी टोलीले जाँच गर्ने क्रममा दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र.०३-००१ ख ३५३६ नम्बरको बसको भन्सार छलिको सामान फेला परेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार बसको भित्री पछाडी भाग (प्यासेज) मा गोप्य स्टोर बनाई बिल बीजक बिनाको विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्ता गरी अन्दाजी मूल्य रु. ५३ लाख बराबरको सामानहरू फेला परेपछि बस चालक उदयपुर, साविक सोरुङ छबिसे ७ हाल कटारी नगरपालिका -११ का पविन्दर राना मगरलाई नियन्त्रणमा लिइएको छ। उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको थापाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)