वर्षा भएपछि गर्मीबाट राहत
gorkhapatraonline.com · Sun Aug 23 11:36:45 GMT 2026

उखरमाउलो गर्मीबाट आलसतालस भएका सर्लाहीका स्थानीयले आइतबार दिउँसो वर्षापछि राहत पाएका छन् ।
टन्टलापुर घाम र चर्को गर्मीका कारण छटपटिएका स्थानीयले पानी परेर शितलता महसुस गर्न पाएका हुन् । लालबन्दी नगरपालिका–५ का खेम थापाले गर्मीका कारण उकुसमुकुस भएको अवस्थामा पानी परेर राहत मिलेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)