ब्वाइज होस्टलमा युवकको हत्या प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
annapurnapost.com · Sun Aug 23 11:41:23 GMT 2026

काठमाडौं : काठमाडौं महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा दाङका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घटनामा संलग्न जिल्ला बारा, कलैया उपमहानगरपालिका - ३ घर भइ सोही होस्टेलमा बस्ने १९ वर्षीय शेखर यादव र १९ वर्षीय प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट र भ्याली ब्वाइज होस्टेल संचालक महोत्तरी, लोहरपट्टी नगरपालिका ६ का २३ वर्षीय आलोक ठाकुरलाई आज काठमाडौं बुद्धनगरबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)