"डरको व्यापार गर्दै प्रचण्ड": बालेनको सरकार बनेपछि अस्तित्व जोगाउने अन्तिम दाउपेच
barnanmedia.com · Sun Aug 23 11:40:59 GMT 2026

काठमाडौँ — प्रधानमन्त्री बालेन शाह को नेतृत्वमा नयाँ सरकार बनेपछि र देशमा प्रशासनिक कडाइ सुरु भएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मा तीव्र राजनीतिक छटपटी र असन्तुलन देखिएको छ। नयाँ पुस्ताको आगमनले आफ्नो राजनीतिक जग नै भत्किने खतरा देखेपछि प्रचण्डले सर्वसाधारण र कार्यकर्तामाझ "डर र भयको व्यापार" गर्न थालेको विश्लेषकहरूको ठहर छ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले देश सुगौली सन्धिपछिकै भयानक सङ्कटमा रहेको दाबी गरेका थिए। तर, राजनीतिक विश्लेषकहरूका अनुसार यो अभिव्यक्ति मुलुकको वास्तविक स्थितिभन्दा पनि आफ्ना कार्यकर्ता रोक्ने र नागरिकमाझ त्रास फैलाउने रणनीतिक दाउ मात्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)