बारी जोत्ने ट्रयाक्टरले च्यापिएर घाईते भएका चालकको मृत्यु
annapurnapost.com · Sun Aug 23 11:58:20 GMT 2026

गोरखा : गोरखामा बारी जोत्ने ट्रयाक्टरले च्यापिएर चालकको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका ४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्रयाक्टरले च्यापिएर चितवनका ४५ वर्षीया मोहनबहादुर बोहराको मृत्यु भएको हो।
मास छर्नका लागि बारी जोत्ने क्रममा घाईते भएका बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कँदा आफैँले चलाएको ट्रयाक्टरले च्यापिएर उनी गम्भिर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)