डोजर चलेपछि जनकपुरमा यस्तो देखियो अतिक्रमित क्षेत्र, तस्बिरहरू
ratopati.com · Sun Aug 23 12:15:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सातवटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका पक्की तथा अस्थायी संरचनाहरूमा डोजर चलाएर भत्काइएको छ ।
गुठी संस्थान तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित समितिले पहिलो चरणअन्तर्गत शनिबारदेखि ती संरचनाहरू हटाउन थालेको हो । पोखरीको डिल क्षेत्रमा डोजर चलेपछि हिजोसम्म निकै चहलपहल हुने क्षेत्रहरू आज सुनसान बनेका छन् । ती क्षेत्रमा भत्काइएका सामग्रीहरू असरल्ल परेका छन् भने कतिपय स्थानीय अझै पनि त्यहाँ आफ्ना केही सामान बाँकी छन् कि भन्दै टोलाइरहेका देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)