विगतका ३५ वर्ष देखाएर कचकच गर्ने ठाउँमा अब हामी छैनौं : रवि लामिछाने
onlinekhabar.com · Sun Aug 23 12:26:51 GMT 2026

७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अन्य दललाई आरोप नलगाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन् ।
नीति, संगठन र नेतृत्व कार्याशाला अन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने क्रममा आइतबार सभापति लामिछानेले भने, ‘अब ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू । ३५ वर्षको योजना ल्याउनुस् । अबको ३५ वर्ष । वितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)