जेलेन्स्कीको चेतावनी- युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुन सक्छ
nepalviews.com · Sun Aug 23 12:38:43 GMT 2026

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन् । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । "यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ”, जेलेन्स्कीले भने ।
रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ । “यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ”, ४८ वर्षीय जेलेन्स्कीले भने । उनले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गरेका थिए । विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)