बालिका गरिमाको परिवारसँग गरिएको सहमति अपूर्ण भन्दै प्रदर्शनमा उत्रिएका महिला (भिडियो)
ratopati.com · Sun Aug 23 12:42:23 GMT 2026

काठमाडौँ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनालाई लिएर काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा र देशका विभिन्न स्थानमा न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । सरकार र पीडित परिवारबिच शनिबार राति गृह मन्त्रालयमा सहमति भएको छ । तर बन्दकोठाभित्र भएको उक्त सहमतिलाई स्वीकार नगर्ने भन्दै रत्नपार्कमा आइतबार महिलाहरूले प्रदर्शन गरे ।
‘यो आन्दोलन गरिमासहित देशका तमाम छोरीहरूको सुरक्षाका लागि हो,’ प्रदर्शनकारीहरूले एक स्वरमा भने । मृतक बालिका गरिमाको परिवार र सरकारबिच भएको तीनबुँदै सहमति अपूर्ण भएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)