वर्षा भएपछि तराईमा गर्मीबाट राहत
gorkhapatraonline.com · Sun Aug 23 12:24:48 GMT 2026

उखरमाउलो गर्मीबाट आलसतालस भएका सर्लाहीका स्थानीयले आइतबार दिउँसोको वर्षापछि राहत महशुस गरेका छन् । टन्टलापुर घाम र चर्को गर्मीका कारण छटपटिएका स्थानीयले पानी परेर शित्तल महसुस गर्न पाएका हुन् ।
लालबन्दी नगरपालिका–५ का खेम थापाले गर्मीका कारण उकुसमुकुस भएको अवस्थामा पानी परेर राहत मिलेको बताउनुभयो । बिहान उज्यालो हुँदादेखि नै घाम चर्किएर प्रभावित भएका स्थानीयलाई पानी परेर तत्कालका लागि गर्मीबाट मुक्ति मिलेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)