पौडी खेल्ने क्रममा खोलाले बगाएर अचेत भएका एक युवकको मृत्यु
barnanmedia.com · Sun Aug 23 12:44:23 GMT 2026

गोरखाको सहिद लखन गाउँपालिका – ३ सिलिङ्टारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर अचेत भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका – ४ गौरीगाउँ बस्ने अन्दाजी ३५ वर्षिय गगन बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
शनिबार दिउँसो ३ बजे साथीभाइसंग पाङ्ग्रे खोलामा पौडी खेलिरहेका बेला अचानक खोलामा आएको बाढीले बगाएर खोला भन्दा केहि मिटर तल लगेपछि संगैका साथीहरुले गम्भीर घाइते बिकलाई उद्धार गरी खोलाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)