‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’
ratopati.com · Sun Aug 23 12:50:41 GMT 2026

बाँके। पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि धार्मिक तथा सांस्कृतिक गन्तव्यको पहिचानलाई पर्यटनसँग जोडेर विकास गर्न आग्रह गरिएको छ। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके च्याप्टरको आइतबार नेपालगन्जमा भएको चौथो वार्षिक साधारणसभामा सहभागीद्वारा यहाँका धार्मिक पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको हो।
कार्यक्रममा सरोकार भएका निकायका प्रतिनिधिले नेपालगन्जको शक्तिपिठ बागेश्वरी मन्दिरसँग जोडेर, बाबा बर्फानी धाम, सन्तानेश्वर मन्दिर, गोवर्द्धन धाम, भुवर भवानीलगायत धार्मिकस्थललाई धार्मिक सर्किटका रूपमा विकास गर्न जोड दिएका छन्। सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीले मानसरोवर तथा रारा तालको यात्रा गर्ने मूल मार्ग नेपालगन्ज भएकाले भारतीय पर्यटकलाई नेपाल भित्र्याएर लाभ लिन सकिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)