पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भयो : प्रचण्ड
annapurnapost.com · Sun Aug 23 13:08:32 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खाएको बताएका छन्। नेकपाले काठमाडौँमा आयोजना गरेको कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुर्नगठन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताएका हुन् ।
संयोजक प्रचण्डले जनयुद्धमा हुँदा सामन्तवादलाइ परास्त गर्ने रणनीति लिएको भएपनि त्यसको प्राप्तिका निमित्त कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भएको बताए। उनले अहिले रणनितिलाइ कार्यनीति र कार्यनीतिलाई रणनीति जस्तो बनाउँदो कम्युनिष्ट आन्दोलनले धक्का खाएको स्विकार गरे । उनले विगतको अनुभवबाट गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए । प्रचण्डले कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा लागेको आरोप समेत लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)