एमालेले नीति, विचार, कार्यशैली पुनर्गठन गर्नुपर्छ : उपाध्यक्ष गुरुङ
gorkhapatraonline.com · Sun Aug 23 13:22:26 GMT 2026

नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको आइतबार आयोजित १३ औँ बैठकलाई सम्बोधन गर्दै गुरुङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन नीति, विचार, कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको बताउनुभएको हो । उहाँले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई थप सक्रिय र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)