चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
onlinekhabar.com · Sun Aug 23 13:26:37 GMT 2026

७ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहजीकरण, व्यापार, उद्योग तथा उद्यमशीलताको विकास र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ । साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त पहल गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)