रिता तामाङले जितिन् ‘मिसेस नेपाल’ उपाधि
gorkhapatraonline.com · Sun Aug 23 14:00:37 GMT 2026

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’ को उपाधि जित्नुभएको छ । उहाँले मुख्य उपाधिसँगै मिसेस फोटोजेनिक, मिसेस ट्यालेन्ट र मिसेस बेस्ट वाकको उपाधिसमेत हात पार्नुभयो ।
पेशाले ब्युटिसियन रहनुभएकी रिता तामाङ काठमाडौंमा आफ्नै ब्युटीपार्लरसमेत सञ्चालन गर्दैआएकी छन्। सौन्दर्य क्षेत्रमा सक्रिय तामाङले आफ्नो व्यावसायिक अनुभवसँगै आत्मविश्वास र प्रतिभालाई प्रतियोगिताको मञ्चमा प्रस्तुत गर्दै चारवटा विधामा उपाधि जितेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)