दुर्घटनामा एक जनाको मृत्यु
barnanmedia.com · Sun Aug 23 14:03:57 GMT 2026

उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा साइकलयात्री त्रियुगा नगरपालिका–१० का ६० वर्षीय सन्तबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो । सूचना अधिकारी बमका अनुसार सगरमाथा राजमार्गमा गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)