तिशा शाक्य १९औँ मिस नेवा: घोषित
ratopati.com · Sun Aug 23 14:13:18 GMT 2026

काठमाडौँ। १९औँ संस्करणको मिस नेवा: नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सम्पन्न प्रतियोगितामा शाक्यले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधिका साथ नगद एक लाख रुपैयाँ प्राप्त गरिन् ।
उपाधि विजेता तिशाले मिस नेवा: नेपालको मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितेकी छन् । सो बापत उनलाई थप १० हजार रुपियाँ प्रदान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)