सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
barnanmedia.com · Sun Aug 23 14:10:40 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ ।
अवलोकनपश्चात् पहिरोबाट प्रभावित घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक बन्दोबस्ती मिलाउन मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो । नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा मन्त्री डा तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाको विभिन्न स्थानमा यही भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण एवम् प्रभावित बासिन्दासँगको अन्तरक्रियापश्चात् जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरणको प्रक्रिया अघि बढाउन जिल्लास्थित निकायको ध्यानाकर्षण गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)