६३ मत पाउने आत्मविश्वास बोकेका मुख्यमन्त्री थापालाई विश्वासको मत बटुल्नै सकस
baahrakhari.com · Sun Aug 23 14:26:47 GMT 2026

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत बटुल्न सकस परेको छ। राप्रपाभित्रको विवाद र सत्ता गठबन्धनभित्रकै असन्तुष्टिका कारण मुख्यमन्त्री थापालाई विश्वासको मत पाउन सकस परेको हो ।
प्रदेशसभा सचिवालयका अनुसार सोमबार भदौ ८ गते दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ । १०४ सदस्यीय प्रदेशसभामा सरकारलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)