'रेड नोटिस' जारी भएका जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
annapurnapost.com · Sun Aug 23 14:43:51 GMT 2026

काठमाडौं : 'रेड नोटिस' जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाको बिर्तामोड नगरपालिका–३ घर भएका बिमल राजवंशी अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको 'रेड नोटिस'का आधारमा ओमनबाट पक्राउ परेका हुन्।
पक्राउ परेका उनलाई नेपाल ल्याईएको छ। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास तथा पक्राउ गर्न इन्टरपोल महासचिवालयले सन् २०२६ मे १३ मा रेड नोटिस जारी गरेको थियो। एनसीबी काठमाडौं र एनसीबी मस्कटओमनको संयुक्त पहलमा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)