कोशी प्रदेश टेबल टेनिसमा श्रेष्ठ निर्विरोध निर्वाचित
ratopati.com · Sun Aug 23 14:58:08 GMT 2026
विराटनगर। कोशी प्रदेश टेबल टेनिस सङ्घको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न सङ्घको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको अखिल नेपाल टेबल टेनिसका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन्।
कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध्यक्षमा सर्जु थापा देवान चुनिए । सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित शाह र गौरी मास्के सदस्यमा चयन भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)