बर्दियामा मिनी ट्रकले बसलाई ठक्कर दिँदा १२ जना घाइते
annapurnapost.com · Sun Aug 23 14:56:07 GMT 2026

बर्दिया : बर्दियामा मिनि ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिँदा १२ जना घाईते भएका छन्। बारबर्दिया नगरपालिका–९ खल्ला कतर्नियास्थित पूर्व–पश्चिम राजमार्गमा बि १०२००२ ख १२५३ नम्बरको मिनि ट्रकले भे १ ख १७८६ नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको र यात्रु झार्नका लागि रोकिरहेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट बस ६ मिटर दक्षिणतर्फ पल्टिएको थियो। दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)