रासायनिक मल छाडेर गड्यौला मलप्रति आकर्षित हुन थाले किसान
himalpress.com · Wed Jun 10 03:42:37 GMT 2026

कञ्चनपुर- वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो । यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ ।
नगरपालिकाको ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था निड्स नेपालको सहकार्य तथा समन्वयमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको छ । तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, महत्त्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका उपायबारे जानकारी गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)