डट्स ईस्पोर्टस्लाई पिएमएनसी फल सिजनको उपाधि
setopati.com · Sun Aug 23 15:48:00 GMT 2026
ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाईल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई स्पोट्र्सले जितेको छ। विजेता टोलीले पुरस्कारस्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई स्पोट्र्सले उपाधि हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)