सुरेशकुमार यादवको स्टार वडाध्यक्ष पुस्तक विमोचन
baahrakhari.com · Sun Aug 23 15:57:21 GMT 2026

जनकपुरधाम । लेखक सुरेशकुमार यादवद्वारा लिखित स्टार वडाध्यक्ष पुस्तक विमोचन भएको छ । आइतबार जनकपुरधाममा मधेस प्रदेशका सभामुख रामआशिष यादवले पुस्तक विमोचन गरेका हुन् ।
संघीयता सवलीकरण गर्ने उद्देश्यले लेखिएको पुस्तकमा मधेस प्रदेशका ५१ जना वडाध्यक्षको असल कामसहितको कथा समेटिएको छ । पुस्तकमा दलित, महिला, आदिवासी जनजाति लगायत समुदायका वडाध्यक्षहरूको कथा समेटेर समावेशी बनाइएको छ । वीरेन्द्रकुमार यादव प्रकाशक रहेको पुस्तकको आवरणमा समर्पण सेवा र नेतृत्वको ५१ सूत्र भन्ने नारा दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)