डट्स ईस्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
onlinekhabar.com · Sun Aug 23 16:08:51 GMT 2026
७ भदौ, काठमाडौं । ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ईस्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४०० अमेरिकी डलर प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअन्तर्गत देशभरबाट छनोट भएका १६ टोलीले दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते प्रतिस्पर्धा गरेका थिए । दुई दिने फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई स्पोर्ट्स च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)