शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्नबाट चुक्यो लेस्टर सिटी
thahakhabar.com
काठमाडाैं : क्रिस्टल प्यालेससँग बराबरी खेलेपछि शीर्ष स्थानको लिभरपुलसँग लेस्टर सिटीले अंक बराबरी गर्ने अवसर गुमाएको छ। सोमबार भएको खेलमा लेस्टर क्रिस्टल प्यालेसको घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएको हो।
इंग्लिस प्रिमियर लिगअन्तगर्त पहिलो हाफमा दुवै टोलीबीच गोल भएको थिएन। तर दोस्रो हाफको १३ औं मिनेटमा क्रिस्टल प्यालेसले घरेलु मैदानमा अग्रता बनाएको थियो। उसका लागि विलफर्ड जाहाले गोल गरेका थिए। खेलभर एक पटक मात्र सुट अन टार्गेट गरेको लेस्टले माैका खेल फालेन।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)