पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष
ratopati.com · Sun Aug 23 17:06:49 GMT 2026

पाल्पा । तानसेन नगरपालिका–४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड औउत्पादनको पहिचान) बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी उहाँले योजनासहित काम गरिरहेका हुन् ।
पाल्पाली ढाका भन्नासाथ मौलिक पहिचान, परम्परागत बुनाइ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप हो । यही पहिचानलाई समयानुकूल बनाउँदै नयाँ पुस्ताको रोजाइमा पर्ने र विश्वबजारसम्म पुर्याउने अभियानमा लागेको रायमाझीले बताए । बुवा हरि रायमाझीले पाल्पामा स्थापित गरेको सरस्वती ढाका कपडा उद्योग उनले सम्हाल्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)