चार पदाधिकारीका लागि २९ जनाको आवेदन
ratopati.com · Sun Aug 23 17:21:38 GMT 2026

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीका लागि २९ जनाको आवेदन परेको छ । प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र अस्पताल निर्देशकको नयाँ नियुक्तिका लागि आह्वान गरेकामा २९ जनाको दरखास्त परेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिस समितिका अनुसार शिक्षाध्यक्ष पदमा पाँच, रजिस्ट्रारमा १५, डिनमा आठ र अस्पताल निर्देशक पदमा एक जनाको आवेदन परेको छ । प्रतिष्ठानले गत साउन २८ गते पदपूर्तिका लागि सूचना प्रकाशित गरी यही भदौ ३ गतेसम्म आवेदन दिने समय तोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)