पृथ्वीराजमार्गमा खस्यो पहिरो, सडक अवरुद्ध
gorkhapatraonline.com · Sun Aug 23 17:20:02 GMT 2026

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ ।
आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट खसेको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिकसहित १५ जना र प्रहरी चौकी डुम्रेबाट ५ जना गरी २० जनाको टोली घट्नास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)